रौतहट ०९ साउन ।। रौतहट जिल्लाका कार्यालय प्रमुखहरुले आफ्नो पदीय अख्तियारीको दुरुपयोग गरि बढुवा गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गौर रौतहटका प्रमुख कृष्ण बहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन् ।

जिल्लामा कार्यरत दर्जनभन्दा बढी निजामती खरिदार कर्मचारीहरूले सोमबार एक ज्ञापनपत्र बुझाउदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । रौतहट जिल्लामा कार्यरत निजामती खरिदार कर्मचारीहरू पटक-पटक बढुवा सिफारिसबाट बन्चित हुदै आएका छन । अन्य बाहिरी विभिन्न जिल्लाबाट आएर थोरै दिन काम गरि आफ्नो बढुवा गराई यहाँबाट गइरहेको विषय धेरै खेदजनक रहेको एक जना पीडित निजामती कर्मचारीले बताएका छन् । आफु अनुकुल कर्मचारीलाई नियम विपरित बढुवाको सिफरिस गर्दा राम्रो काम गर्ने कर्मचारीको मनोवल घट्ने तर्फ ध्यानाकर्षण गराउँदै उनीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन् ।

लोकसेवा आयोगको आ.व. ०७८/०७९ मा बढुवा समितिको सचिवालय रौतहट (जि.प्र.का. रौतहट) अन्तर्गत (६) छौ वटा रा.प. अ. प्रथम (नायब सुब्बा) पदको विज्ञापन भई उपरोक्त पदहरुमा परेका दरखास्त फारमहरु मध्ये लोकसेवा आयोगबाट आ.व.०७७/०७८ मा मालपोत कार्यालय मौलापुर र जि.स.स. गौरले रा.प.अनं. द्वितीय खरिदार पदको माँग आकृति फारम भरी विज्ञापन समेत भई सकेकोमा अवस्थामा त्यही माग गरेकै पदमा खरिदारहरुलाई हाजिर गराईएको अबगत गराउदै लोकसेवा आयोग नियमावली २०६७ को परिच्छेद २ को नियम ३ (३)को उपनियम २ मा र निजामती सेवा नियमावली २०५० को परिच्छेद ६ को नियम ३६ को उपनियम १४ बमोजिम कुनै कार्यालयको लागि
रा.प. अ. पदपुर्तिको लागि माँग गरिसकेपछि त्यस्तो पदमा सरुवाद्धारा पदपुर्ती गरिने छैन भनी लेखिएकोमा बढुवा समितिको सचिवालयमा मालपोत कार्यालय मौलापुर र जि. स. स. गौरमा कार्यरत खरिदार) उम्मेदवारहरुको बढुवा दरखास्त फारम उपर छानवीन हुनको लागि दर्ता नं. ४८५३ मिति २०७८।११।०६ मा नजाबुल खॉन पठान समेत ७ सात जनाले निवेदन दर्ता गराएकोमा बढुवा समितिको सचिवालय बाट उक्त निवेदन उपर छानबिन नभई मिति २०७८।१२।११ मा निर्णय भई बढुवा प्रक्रिया सम्पन्न भएकोमा विगत ६, ७ वर्षदेखि यस जिल्लामा कार्यारत खरिदारहरुको बढुवा नभई बढुवा खाने उदेश्यले आएका खरिदार कर्मचारीहरुको बढुवा हुने हुदाँ विगतदेखि यस रौतहट जिल्लामा कार्यरत खरिदार कर्मचारीहरुको वृदी विकास एवंम बढुवामा प्रत्यक्ष असर परेको व्यहोरा सबैमा सर्वविदितै छ ।

लोकसेवा आयोग नियमावली २०६७ को परिच्छेद २ को नियम ३(३) को उपनियम २ र निजामती सेवा नियमावली २०५० को परिच्छेद ६ को नियम ३६ को उपनियम १४ बमोजिम कुनै कार्यालयको लागि रा.प.अनं. पदपूर्तीको लागि माँग गरिसकेपछि त्यस्तो पदमा सरुबाद्वारा पूर्ति गर्न सकिने छैन भनी व्यवस्था हुँदाहुँदै कार्यालय प्रमुखले आफ्नो पदीय अख्तियारीको दुरुपयोग गरी माँग भएको पदमा समेत कर्मचारीहरुलाई हाजिर गराई बढुवा पद्धति नै विथोल्ने प्रयास गरेकोले उक्त प्रवृतिलाई रोक्न तथा यस जिल्लामा कार्यारत खरिदार कर्मचारीहरुको खसकिदै गरेको मनोबललाई उच्च पार्नका लागि यस जिल्ला अन्तर्गतका सम्पुर्ण कार्यालय प्रमुखहरुलाई माँग गरिसकेको पदमा कुनै पनि बहानामा हाजिर नगराई दिनको लागि पत्र मार्फत समेत जानकारी गराईयोस भनी ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here