काठमाडौं १५ भदौ ।। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा पार्टीप्रतिको क्रेज दिनप्रतिदिन कमजोर भएको भन्दै यसपटकको निर्वाचनमा नयाँ उभार ल्याउने भन्दै सोहीअनुसार नयाँ अनुहारलाई चुनाव लडाउने तयारी गरिरहेका छन् ।

पछिल्लो समय दाहालले आफूहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बालेन शाहभन्दा चर्को सेन्टिमेन्ट ल्याउने दाबी गरेका थिए । अहिले उनको उद्घोषसँग मिल्दो कुरा बाहिरिएको छ की नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ काठमाडौंमा माओवादी केन्द्रबाट चुनाव लड्ने भएका छन् ।

माओवादी नेतृत्वले नै उनलाई काठमाडौंको जुनसुकै क्षेत्रबाट लडेपनि टिकट दिने र तयारी थाल्न आग्रह गरेको छ । घिसिङले भने अहिलेसम्म चुनाव लड्ने वा नलड्ने खुलासा गरेका छैनन् । तर, माओवादीले भने यसअघि पनि घिसिङको तस्विर र अध्यक्ष प्रचण्डको तस्विर सेयर गर्दै उज्यालो नेपालका नायकको रुपमा प्रचार गरिसकेको छ ।

घिसिङलाई प्रचण्डले बोलाएर चुनाव लड्नेबारे पनि छलफल गरिसकेको बुझिएको छ । उनलाई काठमाडौं ३ र काठमाडौं ५ वा उनको गृहजिल्ला रामेछापबाट चुनाव लड्न माओवादीको दबाब छ ।

पछिल्लो समय आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर विभिन्न दलबाट नाम चलेका व्यक्तित्वहरुले चुनाव लड्ने चर्चा चलिरहेको छ । कुलमानले पनि निर्वाचन लड्ने आश्चर्यन नमान्न उनीनिकटका व्यक्तिहरुले भन्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here