रौतहट ११ वैशाख ।। रौतहट जिल्लाको सबै भन्दा पुरानो सदरमुकाम गौर नगरपालिकामा जन समर्थन,जनताकाे लहरका साथ मेयर पदमा पुन: दोस्रो पटक अजय गुप्ताले उम्मेदवारी दिएका छन् । यहि वैशाख ३० गते हुन गइरहेकाे स्थानिय निर्वाचनका लागि गुप्ताले लाेकतान्त्रिक सामाजवादी पार्टीबाट मनाेनयन दर्ता गराएका छन् ।

हजाराैं जनताका साथ गौर नगरको नगर परिक्रमा गर्दै उनी र उनका साथ लाेसपा प्यानेलबाट उपमेयर , वार्ड अध्यक्षका उम्मेदवारहरु मनाेनयन दर्ता गराउन गौर नगरपाली भवनमा अस्थायी स्थापना गरिएको निर्वाचन कार्यालय गाैर पुगेका थिए । गाैर नगरपालिकाले गरेकाे चौतर्फी विकाशकाे फलस्वरुप हामी पुन: उम्मेदवारी दर्ता गराएको निर्वतमान नगरप्रमुख गुप्ताले बताएका छन् ।

निर्वतमान नगरप्रमुख गुप्ता भन्छन् ,”निर्वाचन आयाेगले जारी गरेकाे आचारसंहिता र नागरिक सहजता लाई पूर्ण रुपमा पालना गर्दै, कानुनकाे सम्मान गर्दै हामी घर दैलाे कार्यक्रम गरेर जनताकाे मन जिति रेहका छाैं । वैशाख ३० गते हुने स्थानिय निर्वाचनका आज राैतहटकाे सदरमुकामकाे गाैर नगरपालिकामा निर्वतमान नगरप्रमुख अजय गुप्ताले मनाेनयन दर्ता गराएका छन् । हजाराैँ जनताकाे जन सैलावले उनकाे पक्ष बलियाे रहेकाे प्रमाण दिन्छ भन्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here