काठमाडौं १५ भदौ ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास लागि सरकार कटिवद्ध रहेको बताएका छन्। नेकपा एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र नै देश विकासको मेरुदण्ड रहेको बताए ।

मन्त्री श्रेष्ठले पर्यटन विकासका लागि ऐेन र कानुनहरु समयसापेक्ष परिवर्तन हुनु आवश्यक रहेको बताए । पर्यटनस्थल सहजरुपमा पुग्ने र घुम्ने हुनुपर्ने र त्यसका लागि उचित इन्फास्टक्चर जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘ एउटा पर्यटकले घुम्न जान्छु भन्यो भने त्यसका लागि सहजरुपले पुग्ने र घुम्ने, खान र फर्किने स्थिति निर्माण गर्नुपर्छ। मन्त्री श्रेष्ठले एकैपटक सबै स्थानको विकास गर्न संभव नभएको भन्दै प्रत्येक ठाउँमा रहेका महत्वपू्र्ण स्थलहरुको छनोट गर्नुपर्ने बताए ।

उनले हरेक प्रदेशमा रहेका दुई- तीनवटा महत्वपूर्ण कुराहरुको ब्यान्डिङ गरी पर्यटकको डिस्टेन्स बनाउनुपर्ने बताए । यसो गरे मात्रै पर्यटकलाई टिकाउन सकिने उनको भनाइ छ ।

पर्यटकीय स्थलको विकास गरी पर्यटकहरुलाई नेपालमै बसौं बसौं लाग्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

उनले पर्यटकलाई नेपाल पसेपछि फेरि छिट्टै फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने,’ एउटा पर्यटक नेपाल पसेपछि धेरै दिन घुम्ने वातावरण बनाउने र उसले बोकेर ल्याएको पैसा खल्टी टकटकाएर जाने वातावरण बनाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here