रौतहट २० जेठ ।। चमार समुदायका रामजीराम डाक्टर बनेका छन् । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी राम एमबीबीएस उत्तिर्ण गरेका हुन् ।

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर निःशुल्क पढाउने कार्यविधि बनाएको थियो ।सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए ।

एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम उनलाई शुल्कको बहाना लगाएर परीक्षा हलबाट निकालिएको थिये । जसको चर्को आलोचना भएको थियो । उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ ।

एमबीबीएस उत्तिर्ण भइसकेपछि रामजी रामले आजसम्म आफूलाई यो यात्रामा साथ दिनेहरूप्रति आभार व्यक्त गरेका छन् । उनले अब समाजको सेवा गर्ने बर्ताएका छन् ।

एमबीबीएस पास भएपछि रामजी राम खुसी हुँदै समाजिक संजालमा लेखेका छन् –

आज 2079/02/19
बुवा अन्ततः म MBBS पास भये !

आज सम्मको परिक्षा यात्रामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिनु हुने सम्पुर्ण गुरुहरु , परिवार, इष्टमित्र एवम यो MBBS यात्राभरि साथदिने UGC,National medical college, IOM , MOE, MEC, PDRC, NMC, NEWS & MEDIA लगायत अप्ठ्यारो परिस्थितिहरुमा साथ दिनुहुने महानुभावहरु प्रति हार्दिक हार्दिक-आभार प्रकट गर्दछु !

परिक्षाहरु सकिएको छैन भने म विश्वस्त छु ! किनकि एउटा चिकित्सकको परिक्षा रोगहरु र रोगका कारणहरुले हर हमेशा लिरहको हुन्छ !
जहिले सम्म जिवन छ तब सम्म परिक्षाहरु कहिले सकिन्न ! जिवनका बाकि परिक्षाहरुमा यहाँहरुको साथ , हौसला र सहयोग मिलोस भने कामना गर्दछु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here