काठमाडौं ११ असार ।। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

यस अघि एकैचोटि आयल निगमले पेट्रोलमा २१ रुपैयाँ बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here