सिरहा २५ माघ ।। सिरहामा ९ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको सिरहा नगरपालिका–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएका छन् । कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इन्स्पेक्टर रामचन्द्र शाहका अनुसार उनी सारस्वर माविमा अध्ययनरत थिए । पाँच दिनदेखि स्कुल नगएका उनलाई बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएका थिए । तर, टिफिन टाइममा स्कुलबाट भागेर घर आएका बालक दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । ढोकामा आग्लो लगाएर दलिनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको इन्स्पेक्टर शाहले जानकारी दिए ।

बालकको शवको पोष्टमार्टम पछि प्रहरीले शव परिवारलाई जिम्मा लगाएको छ । आमाको मृत्यु भैसकेको उनी सौतेनी आमा र बुवासँग बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here