पोखरा १५ भदौ ।। कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ ।

कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको छ ।

महामन्त्री थापा आफै उपस्थित नभए पनि उनका साथीहरुले उनको तर्फबाट उम्मेदवारीका लागि आवेदन गरेका हुन् । कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न १६ जना इच्छुक देखिएका छन् । समानुपातिकमा ६ जनाको इच्छा देखिएको छ ।

महामन्त्री थापासँगै सहमहामन्त्री जीवन परियारको पनि प्रत्यक्ष उम्मेदवार बन्न आवेदन परेको जानकारी नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here