रौतहट, २४ भदौ ।। रौतहट जिल्लामा बाढी बाट प्रभावित २५ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा द्वरा नगद तथा राहत सामग्री हस्त्तान्तरण गरिएको छ । गत महिना आएको बढीले पूर्णरूपले क्षति भएका विभिन्न पालिकाका २५ पीड़ित घरपरिवार हरुलाई प्रति परिवार नगद १५०००/- तथा राहत सामग्री सहित वितरण गरिएको छ ।

रेडक्रस सोसाइटी रौतहट शाखा द्वरा नगद तथा राहत सामग्री वितरण कार्यक्रम आफ्नै कार्यलयमा आयोजना गरिएको थियो । राहत सामग्रीमा भाडावर्तन, लताकपडा, बाल्टी, साबु,तिरपाल,झुल सहितका सरसमानहरु रहेका थियो । जिल्लाका बाढी प्रभावित भएका राजदेवी नगरपालिकाका १० घरपरिवार , दुर्गाभगवती गाऊपालिकाका ६ घरपरिवार ,राजपुरका २ घरपरिवार, गौरका २ घरपरिवार, यमुनामाई गाऊ पालिकाका ४ घरपरिवार घरपरिवारलाई नगद तथा राहत सामग्री हस्त्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रम पाल रेडक्रस सोसाइटी रौतहट शाखा सभापति राजकिशोर प्र. यादवको अध्यक्षतामा दुर्गा भगवती गाउँपालिका का अध्यक्ष शम्भु सिंह , जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , सस्त्रका प्रहरी उपरीक्षक माधव रेगमी, केन्द्रीय प्रतिनिधि शाबिर अहमद मियाँ लगायत मन्त्री, उपमन्त्री, उप कोषाध्यक्ष तथा सदस्य शाखाका कर्मचारी पत्रकार लागत भरभालाआद्मिहरुको उपस्थितिमा पिडित हरुलाई नगद तथा राहत सामग्री वितरण गरिएको छ ।

उक्त कार्यक्रम लाई शाखाका मन्त्री धर्मेन्द्र सिंहले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here