काठमाण्डाै, २२ मंसिर ।। एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्ने छ । पाकिस्तानसँगकाे खेलमा नेपालले टस हारेकाे छ । दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् ।

यस्ताे छ नेपालकाे टाेली–

देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी, आकाश त्रिपाठी, बिपिन रावल, दिपेश कँडेल, विशाल विक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्शन झा र उत्तम रन्जु थापा मगर ।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालको १९ वर्षमुनिकाे टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपकाे फाइनलमा पुग्न सकेको छैन ।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

याे प्रतियाेगिताकाे सबै खेलको लाइभ एसीसीकाे युट्युब च्यानलमा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here