एजेन्सी ३२ असार ।। आगामी १६ अक्टोबरबाट अस्ट्रेलियामा शुरु हुने टी-२० विश्वकपमा स्थान बनाउने सबै १६ टोलीको तय भएको छ । आईसीसी टी-२० विश्वकपमा भाग लिने अन्तिम दुई टोलीको शुक्रबार २०२२ मा सहभागी हुने सबै टिमको टुंगो लागेको छ ।
जिम्बावेमा जारी विश्व छनोट समूह ‘बी’ बाट जिम्बावे र नेदरल्यान्ड्सले सेमिफाइनलमा स्थान बनाएसँगै विश्वकप छनोट हुने सबै टोलीको तय भएको हो ।
शुक्रबार जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले पराजित गर्दै विश्वकपमा स्थान बनाउँदा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हराउँदै विश्वकपमा स्थान बनायो । प्रतियोगिता आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुनेछ । प्रतियोगितामा १६ टोलीबीच ४५ खेल हुनेछ ।
नेपालले पनि गत वर्ष ओमानमा भएको छनोटमा भाग लिएको थियो तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो ।
समूह ए
नामिबिया, श्रीलंका, युएई, जिम्बावे वा नेदरल्यान्ड्स
समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे वा नेदरल्यान्ड्स
सुपर १२ समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इङल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता
सुपर १२ समूह २
बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता
पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।