राैतहट १५ जेठ ।। २०७९ आज देशभरि १५ अौँ गणतन्त्र दिवस भव्यताको साथ मनाइएको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नवनिर्वाचित मेयर विनोद प्रसाद कुर्मीले १५ अौँ गणतन्त्र दिवसको अवसरमा नगरपालिकाको प्राङ्गणमा नगरलाई स्वच्छ वातावरण र पर्यावरण हराभरा बनाउने लक्ष्यको साथ आज वृक्षरोपण गरेका छन् । वृक्षारोपणकाे क्रममा मेयर कुर्मीले सबैले बोल्न, सबै ठाउँमा पहुँच हुन, आफ्नो हकअधिकार खोज्न, दलित, जनजाति, पिछडावर्ग लगायतको समुदायलाई यहाँ सम्म पुर्याउनमा सबभन्दा ठूलो योगदान गणतन्त्रको रहेको छ ।

जसको फलस्वरूप देशमा साना देखि ठूला कुनै पनि परिवारको सदस्यले मुलुकको सबै स्थानमा भाग लिन पाइरहेका छन् । यो वृन्दावन नगरलाई जुन उदेश्यले नामाकरण गरिएको छ त्यस नामलाई वास्तविक चारैतिर वृक्षारोपण गरि शुद्ध वातावरण, स्वच्छ नगर, समृद्धि समुदाय र विकसित नगर बनाउने मुख्य योजनामाको साथ जनजनको सहयोगले अवस्य पूरा हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here