रौतहट १६ जेठ ।। रौतहटमा आज महिलाहरु आज बट सावित्री पर्व धुमधामका साथ मनाउँदै छन् । पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका महिलाहरु आज बट सावित्री पर्व मनाउँदै छन् । रौतहट,जनकपुरधाम लगायत मधेशको ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बट सावित्री पर्व मनाइरहेका छन् ।

सोमबार बिहानैदेखि रौतहट,जनकपुरधाम लगायत मधेशको ग्रामीण भेगमा रहेको वरको रुखमुनि पुजाअर्चना गर्ने नवविवाहिता महिलाहरुको भीड लागेको छ । वट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरासंगै पतिको आयु बढ्ने जनविश्वास रहि आएका छ । धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको वास हुने भएकोले वरको रुखको पुजा गर्ने प्रचलन छ ।

पौराणिक मान्यता अनुसार ऋषिपुत्री साबित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् । केही वर्षअघिसम्म यो पर्व व्रम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँद अएकोमा अहिले अन्य समुदायका महिलाहरु पनि मनाउँने गर्दछन् ।

नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ ।

अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने भएको र वरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पुजा गर्ने चलन बसेको बुद्धिजिवीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here