कार्तिक १३ रौतहट ।। संयुक्त हिन्दु सनातन मोर्चा रौतहट द्वारा पुजारी स्व. श्रीराम साहको हत्यारा लाई कार्यवाहीको लागी बृहत मोटरसाईकिल दबाब रैली गरिएको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर पुजारी स्व. श्रीराम साहलाई कन्चटमा गोली हानी हत्या गरेको  हत्यारालाई कार्वाहीको माग गर्दै दबाबमूलक मोटरसाईकिल रैली गरिएको छ ।

शिवनगर देखि गौर सम्म विशाल मोटरसाइकल प्रदर्शनको आयोजना गरि हत्यारालाई कार्यवाही गर , हिन्दु एकता जिन्दावाद , हिन्दु बिरोधि मुर्दावाद , नेपाल लाई हिन्दु रास्ट्र कायम गर , न्यालय स्वतन्त्र कायम गर ,राजनेतीक हस्तक्षेप बन्द गर ,एकही नारा एकही नाम जय श्री राम जय श्री राम नाराका साथ गौर नगर परिक्रमा गरि क्रान्ति चौक ( बि पी चौक ) मा सम्बोधन गरी कार्यक्रम सम्पन गरिएक छ ।

पुजारी हत्याकाण्डमा पक्राउ परेका दोसीलाई रकमी चलखेल गरी जिल्ला अदालत तथा सर्बोच अदालत बाट धरौटीमा छोरियेको समाजिक संजालमा सर्वजनिक भएको अडियो बाट प्रस्ट भएको ता पनि सम्बन्धित निकाए मौन रहेकोले दबाब बनाउन दबाबमूलक मोटरसाइकिल  रैली गरिएको छ ।

कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,नेपाल विश्व  हिन्दु महासंघ संघठन विभाग प्रमुख बिजय प्रकाश निषाद , नेपाल विश्व हिन्दु महासंघ प्रदेश २ प्रमुख विशाल झा , विश्व हिन्दु महासंघ केन्द्रीय महासचिव जितेन्द्र सिंह , हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश शाह मदेशिया , प्रवक्ता पत्रकार अभिमनु पटेल ,नेपाल विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष तिर्भुवन ओझा हिन्दु सनातन धर्म मान्नेहरु , पत्रकार , समाजसेवी, लगायत भरभालाआदमीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here