कार्तिक १३ सर्लाही ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन् । सर्लाहीमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमलाई प्रचण्डले  जसपासँग एकता प्रस्ताव गरेका हुन् ।

उक्त कार्यक्रममा उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवको नाम लिँदै उनले भने  ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ? अब क्षेत्रीय पार्टीले मुक्ति दिँदैन ।

पार्टी एकता गरेर अघि बढे देशकै बलियो शक्ति हुने र प्रदेश २ मा पनि आफूहरुको पार्टीको बर्चस्व कायम हुने प्रचण्डको दावी छ । पार्टी एकता गरेर जनकपुरमा घोषणा सभा गरौँ । अब समयले तपाईंहरुलाई पर्खिँदैन’, उनले भने, ‘अब झुक्किने दिन गए । एकता नगरेर भीरबाट जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here