कार्तिक १४ काठमाडौं ।। कार्तिक भित्र देशभर बाढीपहिरोबाट १ सय २१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपा भएका छन् ।

कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाले उक्त क्षति भएको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो ।

वर्षाले सबैभन्दा बढी पूर्व र पश्चिम क्षेत्र प्रभावित भएको थियो। ठूला–ठूला पहिरा गएका थिए । प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए ।

कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ बेपत्ताको खोजी तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here