रौतहट ३१ साउन ।। रौतहट जिल्लामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका ९ बस्ने नरेश दासको २० वर्षीय छोरा विशवनाथ दासको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

मृतक दासको नुहाउने क्रममा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

त्यसैगरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–१ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आफ्नै खेतमा घुम्न गएका यादवको विद्युत पोल ढलेको तारमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here