काठमाडौं १५ भदौ ।। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयलका एक सदस्यका अनुसार अध्यक्षसहितका शीर्ष नेताहरु अहिले शीतलनिवास पुगेर राष्ट्रपतिसँग परामर्श जारी राखेका छन् ।

शीतलनिवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा राष्ट्रपतिसँगको परामर्शमा सहभागी छन् । राष्ट्रपति भण्डारीले केही समययता नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरुसँग परामर्श गर्दै आएकी छन् । उनी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here