काठमाडौं २३ असार ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गएको बताएका छन् । छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको उल्लेख गरे ।

यसमा हामी काउन्टर अट्याकमा जाने कुरा पनि होइन । छानबिन प्रक्रियालाई सहज बनाउन राजीनामा दिनु नै सहज हुन्छ भनेर अर्थमन्त्रीले रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर राजीनामा दिनुभएको हो । राजीनामाले एउटा सन्देश गएको छ’, प्रचण्डले केन्द्रीय समिति बैठकमा बिहीबार भने ।

प्रचण्डले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको पनि बताए । उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने षड्यन्त्र भएको बताए । प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले कुनै गल्ती नगरेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here