जनकपुरधाम, ३१ भदौ ।। आजदेखि जसपाको संगठन विस्तार अभियान मधेश प्रदेशमा सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

आइतबार पार्टीले जनकपुरधाममा संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेर अभियान सुरु गरेको हो । जनकपुरधाम उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेशसभा सदस्य र मधेश प्रदेश परिषद् सदस्यलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।

त्यस्तै मधेश प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष र जिल्लाका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारीलाई पनि कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here