रौतहट २९ बैशाख ।। रौतहट जिल्लाको इशनाथ नगरपालिकामा गएराति नेकपा एमाले पार्टीका मेयर पदका उम्मेदवार निवर्तमान नगर प्रमुख संतोष मेहता माथि संघाती आक्रमण भएको छ । आफन्तको बिहे भोजमा सहभागी भई घर फर्कदै गरेका अवस्थामा उनि माथि आक्रमण भएको हो । आफन्तको बिहे भोजबाट फर्कदै गर्दा अस्ई संजय कुर्मीले मेहता लाइ फोन गरेर पल्टुवा बजारमा बोलाए ।

” मेहताले भने “म त्यहाँ पुग्ने बितिकै प्रहरीको अस्इ कुर्मीले गाडीको चाबी खोसेको केही छिनमै त्यहाँ सय भन्दा बढी कार्यकर्ता लिएर कांग्रेसका उम्मेदवार अन्जु झा आइन ।” अन्जु झाकै निर्देशनमा आफुमाथि आक्रमण भएको उनले बताए । आक्रमणमा मेहताको हातमा चोट लागेको छ भने शशिभुषण मेहता र विक्रम मेहताको टाउको फुटेको छ । आफु माथि आक्रमण हुदा प्रहरी मुखदर्शक भएको उनले आफ्नो निवासमा गरेको पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।

घटनाका बारेमा जानकारी आए पश्चात प्रहरीले सुरक्षितरुपमा मेहतालाई घर पुर्याएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक विनोद घिमिरेले बताए । “राति उनलाई स्थानियले घेरे पछि प्रहरीले सुरक्षित रुपमा उनलाई घर पठाएको हो ।” प्रहरीमाथि लगाएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि अनुसन्धान हुने उपरिक्षक घिमिरेले बताए । नेकपा एमालेका निवर्तमान मेयर मेहता दोस्रो पटक मेयर पद मा उमेदवारी दिएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here