काठमाण्डाै, २३ माघ ।। सङ्घीय संसद् सचिवालयकाे महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुभएको हो ।
नियुक्त हुनुअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिवबाट राजीनामा दिनुभएको थियो ।