रौतहट ५ माघ ।। हनुमत कु . यादव ।। जनता समाजवादी पार्टी नेपालका कार्यकारणी समिति सदस्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रेणु यादवको प्रमुख आतिथ्य र समाजवादी युवा संघका राष्ट्रिय अध्यक्ष एवं मधेश प्रदेशका कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादवको विशिष्ट आतिथ्य एवं समाजबादी युवा संघ रौतहटको जिला अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा रौतहटको गौर ब्यरक फिल्ड परिसरमा बलिदानी दिवस तथा समाजवादी युवा संघको जिल्ला स्तरीय युवा भेला आम जनताको अपार एवं व्यापक जनसहभागितामा सम्पन्न भएको छ ।

माघ ०५ गते विर शहिद रमेश महतोको विरतापुर्ण बलिदानी वाट शुरू भएको मधेश आन्दोलनको आज १५ वर्ष पुरा भएको छ । महान विर सपूत शहिद रमेश महतो लगायत ज्ञात अज्ञात सम्पुर्ण शहिदहरूको बलिदानीलाई नमन गर्दछौं र सम्पुर्ण शहिद हरू प्रति भावपुर्ण हार्दिक श्रद्धाजंलि व्यक्त गर्दै बलिदानी दिवस मनाईएको छ ।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रेणु यादव,मधेश प्रदेशका कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव,समाजबादी युवा संघ रौतहटको जिला अध्यक्ष कौशर खान मिथिला,माननीय किशोरी यादव,केंद्रिये सदस्य श्याम बिहार,केंद्रिये सदस्य कलम खान,केंद्रिये सदस्य विवेक यादव ,लाखिंदर यादव , गौर नगरपालिका उपप्रमुख किरण ठाकुर , महिला नेत्री शोभा शाह, राधा शाह लगायतका पार्टी कार्यकर्ता नेता समाजसेवी , सुरक्षाकर्मी , संचारकर्मी तथा जानसमुदायको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here