जनकपुरधाम १६ असार ।। सम्पन्न विभिन्न योजनाको भुक्तानी नदिएको भन्दै मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा तालबन्दी गरिएको छ ।

मन्त्रालयको लेखा र खाद्य सुरक्षा महाशाखामा विभिन्न कृषक समूह सहकारी लगायत विभिन्न कृषी संघसंस्थोले बिहीबार तालाबन्दी गरेका हुन् । पाँच सुत्रीय मागसहित ती संघसंस्थाका प्रतिनिधिहरुले मन्त्रालयमा तालबन्दी गर्नुका साथै धर्ना सुरु गरेका छन् ।

अदालतको आदेश कार्यान्वयन गरी कृषक समूह, सहकारी किसानहरुको शित भण्डारको रकम अविलम्ब भुक्तानी गर्नुपर्ने, किसानहरुलाई समयमै पर्याप्त मल खाद्य, बीउविजन उपलब्ध गराउनुपर्ने, प्रदेश सरकार, कृषि मन्त्रालय अन्तर्गतका सञ्चालन हुने अनुदान, सेवा सुविधा र विभिन्न योजनाहरु एकरुपता गरी किसानहरुको हकहित सुनिश्चत हुनुपर्ने, शित भण्डरको बाँकी कार्य अगाडि बढाइ किसानको उत्पादनजन्य सामग्रीहरुको सुरक्षा हुनुपर्ने र किसानहरुको प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने लगायतको माग गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यदवले यथासिघ्र माग सम्बोधन नभए मन्त्रालयमा कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here