पर्सा १७ चैत ।। पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ । बिहिवार पर्साको पोखरीया नगरपालिका वडा नं. ४ स्थित नहरछेउको सडकडमा विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले दुर्घटनामा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परेर पर्साको धोबीनी गाँउपालिका २ गुलरीयाका ३५ वर्षीय ललन पटेल र सखुवा प्रसौनी ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनीको मृत्यु भएको हो ।

त्यस्तै धोबिनी २ का ३० वर्षीय रोजदिन मया, सखुवा प्रसौनी ५ एकडरवाका रन्जित महत्तो र सोही स्थानका ठाँउका १९ वर्षीय सुपेन राउत गम्भीर घाइते भएका छन् । घाइते भएका तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here