महोत्तरी १७ चैत ।। स्रोत नखुलेको झण्डै ८ लाख नेपाली रुपैयाँ सहित महोत्तरीबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय विरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बुधवार दिउँसो करिब २ बजे दासलाई सम्सी गाउँपालिका ६ स्थित सडकमा भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा ७ लाख ९१ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बरामद गरिएको रकम सहित युवकलाई आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको प्रवक्ता विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here