पर्सा १७ चैत ।। मधेश प्रदेशमा पछिल्लो समय मोटरसाइकल चोरी हुने क्रम बढेको छ । पछिल्लो समय दिनहु मोटरसाइकल चोरी हुन थालेपछि चोरी गर्ने युवकहरु समेत प्रहरीको फन्दामा पर्ने गरेको हो । पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका तीनजनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. १८ का ३४ वर्षीय कमल गिरी, चितवन महानगरपालिका वडा नं. १५ का १९ वर्षीय निशान थापा र वीरगञ्ज महानगरपालिका वडा नं. १५ का १८ वर्षीय संदिप घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२७ बस्ने वर्ष २४ को मुन्ना अन्सारीले वडा नं. १६ बसपार्क स्थित ग्यारेजमा पार्किङ्ग गरेको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल ग्यारेजको ताल्चा तोडेर चोरी भएपछि एक सय मिटर टाढाबाठ तीनै जनालाई मोटरसाइकल र चोरीमा प्रयोग भएका रिञ्च तथा साँचो सहित नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here