जनकपुधाम १७ असार ।। प्रदेश प्रदेश सरकारले मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ ।

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुबै कार्यविधि प्रदेश सरकार मन्त्री परिषद्को आज बसेको बेठकले स्वीकृत गरेको गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिए । मन्त्री परिषद्बाट दुबै कार्यविधि पारित भएसँगै अब मधेश प्रदेशमा सञ्चालित पत्रपत्रिका, एफ.एम.ररेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले मधेश प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्नेछ ।

त्यस्ता विज्ञापन एवम् सूचनाहरु सञ्चारमाध्यमहरुले प्रकाशनरप्रशारण गरे वापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिए बमोजिम भुक्तानी उपलब्ध गराईने मन्त्री साहले बताए ।

यसैगरी मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि मधेश प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरु बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ ।

बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च पाउने र सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको मन्त्री साहको भनाई छ ।

सरकारले कार्यविधि स्वीकृत गरेपछि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने र पत्रकारहरुको बिमा गराउने कार्य चालु आर्थिक वर्षदेखि लागु गर्ने तयारी थालिएको आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

प्रदेशका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको लागि महत्वपुर्ण मानिएको कार्यविधि मूर्तरुप दिन भूमिका निर्वाह गरेकोमा मधेश प्रदेश सरकार तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा अध्यक्ष यादवले धन्यवाद समेत ज्ञापन गरेका छन् । गत असार ८ गते दुबै कार्यविधि स्वीकृतका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा दर्ता गराईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here