बारा १९ जेठ ।। बारामा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ । बाराको कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारी र कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरीको मृत्यु भएको हो ।

बुधबार साँझ पौने ५ बजे बालक यस्तफा टोलकै ४÷५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएको बेला डुबेका थिए ।
घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेकोमा उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५ सय मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि खाजीको क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here