This aerial photo provided by Jiji Press shows damage in the city of Suzu, Ishikawa prefecture on January 2, 2024, a day after a major 7.5 magnitude earthquake struck the Noto region in Ishikawa prefecture. Japanese rescuers battled against the clock and powerful aftershocks on January 2 to find survivors of a major earthquake that struck on New Year's Day, killing at least 30 people and causing widespread destruction. (Photo by JIJI PRESS / AFP) / Japan OUT

एजेन्सी, २२ पुस ।। जापानमा भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी वृद्धालाई हिजाे शनिवार उद्धार गरिएको छ ।

विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिवार उद्धार गरिएको छ ।

उहाँलाई उपचारका लागि अस्पताल लगिएको र अस्पतालमा लानुअघि उहाँले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।

टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।

जापानमा जनवरी १ मा गएको ७ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प र त्यसपछिका परकम्पनमा परि कम्तीमा एक सय २६ जनाको ज्यान गएकाे र दुई सय २२ जना हराइरहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।

सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम वर्षा र आँधीबेहरीका कारण आइतवार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ ।

अनुमानित एक हजार पहिरोमध्ये केहीले सडकलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here