राैतहट २० फागुन ।। राैतहट जिल्लाको गढिमाई नगरपालिका समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महाेत्सव शुरु भएको छ । प्रत्येक वर्षझै‌ यसवर्ष पनि फागु‌ बैरिया मेला महोत्सवको भव्यता साथ आयाेजना गरीएको हाे ।

हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ शुरु भएको छ । मेलाकाे उद्घाटन गर्न क्षेत्र नं ४ का सांसद देव प्रसाद तिमिल्सिना सहितका टाेली पुगेको थिए । यसैबिच सम्मान पत्र बितरण समेत गरिएको छ। प्रमुख अतिथिबाट सम्मानपत्र बितरण गरिएको हाे । शुक्रबारबाट ‌शुरु भएको मेला फागुन २३ सम्म हुने चल्नेछ । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश फाैजलाई पराजित गरेको ऐतिहासिक दिनकाे सम्झना सहित राैतहटकाे समनपुरमा हरेक फागु पुर्णिकाे अवशर पारेर मेला लाग्ने गर्दछु ।

” हाम्राे संस्कृति, हाम्राे परम्परा, समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महाेत्सव २०७९ ” मुल नाराका साथ मेलाकाे शुरुवात धुमधामका साथ हुने गढीमाई नगरपालिकाले जनाएको छ । हाम्राे संस्कृति नै हाम्राे पहिचान भएको कारण यसलाई जाेगाउनु पर्ने समेत जनाएको छ । ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानीय कला, साहित्य, संस्कृति, पर्यटन र ऐतिहासिकताकाे प्रवर्द्धन गर्न पालिकाकाे लक्ष्य रहेको छ।

यस मेलाकाे उदेश्य नेपालीहरुले ब्रिटिश सेनालाई समनपुरबाट लखेटेकाे ऐतिहासिक दिनकाे सम्झना गराउनु, नेपालकै गाैरवशाली इतिहासकाे संरक्षण र प्रचार गर्नु, स्थानीय उत्पादनहरुकाे प्रवर्द्धन गर्नु, स्थानीय संस्कृतिकाे संरक्षण गर्दै प्रचारप्रसार गर्नु , स्थानीयखानाकाे प्रवर्द्धन गर्नु, स्थानीय व्यवसायकाे विकास गर्नु आदि रहेकाे पालिकाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले जनाउनुभयो। तर बजेट भने अझै पुर्णरुपले तय नभएको समेत प्रवक्ता श्रेष्ठले बताए ।

ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेकाे मेलामा लाखाैं अवलाेकनकर्ताकाे सहभागिता हुने अपेक्षा गरिएको छ। हरेक वर्ष आयाेजना हुने याे मेला नगरपालिका आफै एक्लै गर्दै आएको थियो । फागुन १९ गते देखि फागुन २३ गते सम्म याे फागु बैरिया मेला चल्ने छ ‌ । प्रथम दिनकाे भिडले‌ मेलामा लाखाैं जनता पुग्न सक्ने अपेक्षा छ ‌। शुक्रबारकाे मेला उद्घाटन सत्रमा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा प्रमुख कामेश्वर सहनी, प्रवक्ता दिपेन्द्र श्रेष्ठ, राजु सहनी, सुरक्षाकर्मीहरु, पत्रकार , स्थानीय लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here