रौतहट २७ फागुन ।। राैतहट जिल्लाको सदरमुकाम गौर स्थित रहेको जिल्ला कारागार कार्यालय गौर,रौतहटमा लागू औषध ब्राउन सुगर कारोबारी सजाय पाएका कैदी पवन यादव पटकपटक कारागार बाहिर खुल्लेयाम घुमी रहन्छ । बारा जिल्ला भटिनिया गाउँका पवन यादव ब्राउन सुगर कारोबारी मुदामा जिल्ला कारागार कार्यालय गौरमा १५ वर्ष जेल र ५ लाख जुर्माना सहित सजाय भिगिरहेको कैदी उक्त जेलका कैदी बंदी चौकीदार(नाइके) पनि हो ।

जिल्ला कारागार कार्यालय गौरबाट बारम्बार जेल बाहिर कसरी खुल्लेयाम घुमी रहने विषयको सुक्ष्म अनुसंधान हुनुपर्ने माग स्थानीय स्तरमा चर्चा हुन थालेको छ ।

रौतहटको सदरमुकाम गौर स्थित रहेको गौर राइस मिल्सको प्रांगणमा भएको श्री अन्नत विष्णु महायज्ञमा पनि पुजा र मेलामा सहभागी भएको तस्वीर अहिले समाजिक संजालमा भाइरल बनेको हो।होलीको दिन कस्तो नियमलाई टेकि जेल जीवन बिताइरहेका पवनले कारागारबाट बाहिर निस्केर परिवारिक होली मनाउन घर बारा जिल्ला गएको छ अनि मदिरामा मातेर मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते समेत भएको हो।घरबाट पून: जेल फर्किनु पर्ने क्रममा रौतहट जिल्लाको परोहा नगरपालिका कार्यालय नजिक रहेको लौकाहा चौक बजार स्थित रक्सी खाएर मोटरसाइकल अनियंत्रित भइ आफै मोसा दुर्घटनामा परेको छ ।

मोटरसाइकल दुर्घटना हुदा खुट्टा समेत भाचेको नाईके यादव अहिले उपचार पर्सा जिल्लाको बिरगंजमा उपचार गराइरहेका छन् । जिल्ला कारागार कार्यालय गौर, रौतहट नेपाल सरकारको कानुन भन्दा माथि चलिरहेको प्रष्ट बुझिन्छ । यहाँ सर्वोच्च अदालतले १५ बर्ष सजाय तोकेको व्यक्तिलाई खुल्याम जेलबाट बाहिर घुम्न छुट दिइएको छ ।

अहिले कैदी चौकीदार यादवको उपचार एल.एस न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.बिरगंजमा भइरहेको हो ।जिल्ला कारागार कार्यालय गौर, रौतहटको प्रहरी नायव निरीक्षक (सई) तेजीलाल यादवले कारागार प्रमुखसँग कुनै रायसुझाव नलिई आफ्नै मनले कैदी चौकीदार पवन यादवलाई घर होली मनाउन पठाएको कारणले जिल्ला प्रहरी कार्यालय गौर, रौतहट प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरले सई यादवलाई कार्वाहीको लागि तानि छानबिन सुरु समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here