काठमाडौं १२ भदौ ।। अभिनेता राजेश हमालले भारतीय प्रख्यात योगगुरु सद्‌गुरुसँग भेट गरेका छन् । उनले सद्‌गुरुसँग हालै बेंगलोरमा भेट गरेका हुन् ।

भेटमा हमालले सद्‌गुरुसँग अन्तर्वार्ता समेत लिएको फिल्म निर्देशक तथा कलाकार दिनेश डिसीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । राजेशले के बिषयमा कुराकानी गरेर भनेर अहिले सार्वजनिक गरिएको छैन ।

सद्‌गुरु १९ भदौमा नेपाल समेत आउन लागेका छन् । कैलाश दर्शनका लागि उनी नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सद्‌गुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् ।

चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सद्‌गुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेछन् । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here