रौतहट, १८ भादौ ।। रौतहट जिल्लामा पहिलो पटक बनीरहेको भोजपुरी फिल्मको सुटीङ्ग सुरु भएको छ । KM Filams र Sudhir Entertainment को संयुक्त प्रोडक्शनमा बन्न गईरहेको पगड़ी भोजपुरी फिल्मको सुटिङ्ग सुरु भएको छ ।
समाजमा रहेको कुरीतीहरु जस्तै : दहेज प्रथा, बाल विवाह, जातिय भेदभाव, शासक प्रवृति लाई नयुनिकरण र समाप्त गर्न जनचेतना फैसलाउन उदेश्यले जिल्लाका स्थानीय कालाकारहरु मिलेर पगड़ी नामक चलचित्र बनाई रहेका छन् ।
यस चलचित्रको मुख्य नायकको रुपमा स्थानीय कलाकार रंधिर कुमार सहनी, नायिका टिकटक स्टार निभा यादव, कृष्ण मनी, पवन साह, रामबाबु जी, अपर्णा झा लगायतका कालकारहरु रहेका छन् ।