रौतहट, १० साउन ।। रौतहट जिल्लाको परोहा नगरपालिकाका वडा नं ५ नमनगर टोल पश्चिममा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख शेख वकिलको प्रमुख आतिथ्यमा बुधवारका दिन एक कार्यक्रमका विच फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वकिलले फलफूलको विरुवाबाट स्थानीय जनसमुदायहरुलाई धेरै फाईदा हुने बताउदै यसले शुद्ध फलफुल खान, बेच्न र यसबाट अनेक प्रकारको खाने सामाग्री तयार पार्न समेत मिल्ने बताए । उनले वृक्षारोपण गरिएको फलफूलको विरुवालाई हामी सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनु भयो ।

आफ्नो खेतबारीलाई बाझ्रो नराखी जुनसुकै मनपर्ने बिरुवा लगाउन उनले आग्रह गरे । हामीले धान, गहुँ, मकै, उखु तथा अन्य बाली लगाउन मात्र मन पराउछौ तर वास्तव फलफूलको बिरुवा खेतमा लगाउन त्यति रुचि राख्दैनौँ यसको मुख्य कारण चाहि यसको बारेमा राम्रोसँग थाहा नभएर होला अब तपाईहरू आ-आफ्नो खेतमा अनिवार्य फलफूलको बिरुवा लगाउने कार्य सुरु गर्नु यसमा पालिका र मैले के कस्ता भुमिका खेल्नुपर्छ भने म तयार रहेको उनले सबैलाई अनुरोध गरेका छन ।
मेयर वकिलले मानवजिवनलाई अतिनै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई नै चिनिन्छ । आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा वृक्षरोपण गर्न आवश्यक रहेको बताउदै मानिसलाई खानाको रुपमा चाहिने फलफूल पनि रहेको हुँदा फलफूलको विरुवा वृक्षारोपण गरिएको बताए ।

वातावरण जोगाउन वृक्षरोपण गर्न अतिआवश्यक रहेको छ । ग्रामीण क्षेत्रमा गरेको वृक्षरोपण कार्यक्रमले जैविक विविधतामा टेवा पुग्ने बताए । बोट, बिरुवा संरक्षण गरेपश्चात् नै पानीका मुहानहरूको पनि जगेर्ना हुने भएकाले वृक्षरोपण गर्नु अति आवश्यक रहेको मेयर वकिलको भनाइ छ ।

वृक्षरोपण अभियानले यस परोहा नगरपालिका अन्तर्गत थप पर्यावरण संरक्षणमा टेवा पुग्नेछ । वृक्षरोपण अभियानले पर्यावरण संरक्षणमा योगदान हुने पुग्ने बताए । वृक्षरोपण अभियान विगतको दिनदेखि पालिकाको विभिन्न सडक, स्थानमा हुदै आएको भएपनि अब एकैसाथ नगरभरि वृक्षारोपण अभियान संचालन गर्नुपर्नेमा उहाँले जोड दिए । वृक्षारोपण गरिएको फलफूलको विरुवालाई आफु र स्थानीय बासिहरु मिलि संरक्षण गर्ने बताए ।

विश्वभरि पर्यावरण दिनप्रतिदिन बिग्रदै गएको हुनाले हरेक मौसममा विपरीत वातावरण हुदै गइरहेको हुनाले यसबाट बाच्न एकमात्र मुलमन्त्र प्रत्येक नागरिकले आफ्नो जीवन कालमा १० वटा बिरुवा लगाउनुपर्ने समय आएको छ नत्र अबको केही बर्षमा यसभन्दा अझ पर्यावरण बेग्लै रूप हुनेछ जसको सामना गर्न मानव जीवनलाई ठूलो चुनौती हुने मेयर वकिल सम्पूर्ण जनमानसलाई सचेत गराए ।

वृक्षारोपण कार्यक्रममा परोहा नपाकी उपमेयर सुगान्धी गिरी, वडाअध्यक्ष नागेन्द्र प्रसाद पटेल, जवाहलाल यादव, खेदु मुखिया, ईलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरीक्षक रामद्रेश यादव, योजना प्रमुख अब्दुल हक र स्थानीय बासिहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रम वडा नं ५ का वडाअध्यक्ष शेख नसिमको अध्यक्षतामा सम्पन्न भएको थियो । एक परिवार, अनिवार्य एक वृक्षारोपण कार्यक्रम परिवर्तनको लागि साथी नेपाल राजदेवी नपा ७, रौतहटले आयोजना गरेको थियो भने सहयोगी संस्था परोहा नगरपालिका र हेल्मेटास नेपाल ईनईलम परियोजनाले गरेका थिए ।
यस अभियानको मुख्य उदेश्य जति घरधुरी रहेको छ सबैलाई नि:शुल्क आँप, लिची, कटहर र आम्बाको बिरुवा घरमै लगेर उपलब्ध गराउने समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here