रौतहट २० फागुन ।। ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।

नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंक सम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । भत्ता वितरणका लागि नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँटोलमा कर्मचारी सहितको टोली नै खटाएका छन् ।

नगरका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सम्मान स्वरूप उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंक र नगरको कर्मचारी सहितको टोली गाउँटोलमा पुगेको नगर प्रमुख कुर्मीले बताए । उनले भने,“ ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्नकै लागि गाउँगाउँ कर्मचारी परिचालित गरिएको हो, उनीहरुको समस्या पहिचान गरेर नगरपालिकाले थप सहयोगका कार्यक्रम गर्नेछ ।”

गत ५ बर्षमा अशक्त र बृद्धअबश्थामा रहेको नागरिकलाई ५ देखि ८ किलोमिटर भन्दा बढीको यात्रा गरेर आउदा पनि दिनभरि बैंकमा लाईन लाग्ने बिरामी भएपनि उभिएर एक दिनमा पाउन धेरै गाह्रो भइरहेको थियो तर दोस्रो स्थानीय तह निर्वाचनबाट आफू निर्वाचित हुदै अब नेपाल सरकारको निति अनुकूल त्रैमासिक हिसाबले समाजिक सुरक्षा वितरण गर्ने निर्देशनलाई पाल्न गरि वडा नं १ को रमौली टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागु हुने मेयर कुर्मीले जनाएको छ ।

सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिकले लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो । नगरपालिकाले गाउँ गाउँमा गएर भत्ता दिन थालेपछि नागरिक पनि खुसी भएका छन् ।

नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको कार्यबाट अशक्त र बृद्ध नागरिकले खुशी भई ५ बर्ष हुन नसकेको कार्य प्रथम बर्षमै मेयर बिनोद प्रसाद कुर्मीले सुरु गरेको स्थानीयले बताए ।

अहिले पालिकाको सम्पूर्ण कामकाज माछापुच्छ्रे बैंकमा रहेको छ त्यो बैंक वडा नं ६ हर्साहा स्थित रहेको कारणले टाढाको वडाबाट आउन–जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको मेयर कुर्मीले जानकारी दिए।
बैंकमा भत्ता लिन आउँदा र जाँदा नै धेरै कठिनाइ, रकम खर्च हुने भएपछि गाउँघरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको उहाँले बताए ।
प्रतिद्वन्दीहरूको चौतर्फी विरोध र विभिन्न विकास कार्यमा अबरुद्ध भएपनि जनताको सेवामा कुनै बाधा आएपनि कुनै प्रकारको सम्झौता नहुने र सबैलाई घर-घर सम्म पुर्‍याउने सेवा प्रभावबाट पछाडि हटन नसक्ने मेयर कुर्मीले दाबी गरे
नगपालिकामा ९ वडा छन्। साविकका पाँच गाविस मिलाएर नगरपालिका बनेको हो। प्रत्येक वडामा दुई देखि तिनदिन समय लगाएर भत्ता वितरणको काम सुरु भएको छ । गाउँमै भत्ता पाएपछि आफूहरु खुशी भएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here