रौतहट २० जेठ ।। आरके श्रीवास्त ।। रौतहटको कटहरिया नगरपालिकामा कक्षा १२ को परीक्षाको शुक्रवार अनुगमन गरिएको छ । +२ परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमन गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका जयप्रकाश कुशवाहा,कटहरियाकी उपमेयर रीता यादव सहितको टोलीले श्री जनता माध्यामीक विद्यालय कटहरियाको अनुगमन गर्नुभएको थियो ।

+२ परिक्षा सञ्चालन अवस्था तथा परीक्षा, विषयवस्तु, विद्यार्थीका बारेमा परीक्षा केन्द्राध्यक्षसँग सोधपुछका साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको श्री जनता मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुशवाहाले जानकारी गराउनु भयो । गत जेठ १६ गते देखि कक्षा १२ को परिक्षा चलिरहेको छ । जसमा रौतहट बाट हजारौं परिक्षार्थीहरु सहभागि छन् । जिल्लाको कटहरिया,गरुडा,धरहरी,बरगजवा लगायत दर्जनौ परिक्षा केन्द्रहरुमा परिक्षा सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here