सप्तरी ०९ असार ।। सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै सो दुर्घटनामा परेर ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको अहिले सनाखत हुन सकेको छैन । यस्तै उक्त बसमा सबार ११ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here