काठमाडौं २५ साउन ।। सांसद महेश बस्नेतले देशभर बाढी र पहिरोले ठूलो क्षति गरेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यतिखेर राहत र उद्दारमा खटिनुपर्ने सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।

‘ देशभर बाढी र पहिरोले क्षति गरेको छ । सरकारले यतिखेर कानमा तेल हालेर बसेको छ,’उनले भने । उनले भक्तपुरको मनोहर खोलामा आएको बाढीले बस्ती नै डुबानमा परेको बताउँदै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

देश नै बाढी र पहिरोको चपेटमा परेको भन्दै उनले धनजनको क्षतिपूर्ति दिने कुरामा, राहत र पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको टिप्पणी गरे । सदनमा आएर गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिन र उचित पहल गर्न माग गरे ।

‘ देशभर बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति दिने कुरामा राहतको पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको छ,’उनले भने,’ सदनमा आएर यसको उचित जवाफ दिन र उचित पहल लिन का हार्दिक अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here