रौतहट २० जेठ ।। सरकारले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि शनिबारका लागि सार्वजनिक विदा दिएको हो ।

रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here