सिरहा ०८ असार ।। प्रहरीले सिरहाबाट एकजना बाबालाई लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका ४ भुल्केका ६८ वर्षीय चाईनिज बाबा भन्ने रामदियाल राई रहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जनाएको छ ।

मंगलबार करिब २ बजे चाईनिज बाबालाई उनको आफ्नै घरमा लागुऔषध गाजाँ सहित पक्राउ गरिएको हो । उनले लागूऔषध गाँजाको पुरिया बनाई लागुऔषध सेवनकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको हो ।

प्रहरीले चाईनिज बाबालाई ४५० ग्राम गाँजा र गाँजा धुलो २५० ग्राम सहित पक्राउ गरेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here