काठमाडौं २३ जेठ ।। नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् ।

एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि आज दिउँसो माधव नेपाल ब्याक हुने निर्णयमा पुगेका छन् ।

माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । देउवाले कम्तिमा बजेट सदनबाट पारित गरेपछि मात्र निर्णय लिन सुझाव दिएका छन् । त्यसपछि नेपाल ब्याक हुन तयार भएका थिए ।

अब एसबाट मन्त्री भएका विरोध खतिवडा, प्रेमबहादुर आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीका अलावा राज्यमन्त्री भवानी खापुङ पदमा यथावत् रहनेछन् ।

यसैगरी, माधव नेपाल ब्याक भएपछि सम्मानित नेता झलनाथ खनाल रुष्ट भएका छन् । उनले कुनै हालतमा निर्णय कार्यान्वयनमा लाग्न नेपाललाई जोडबल गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here