महोत्तरी, २६ साउन ।। महोत्तरीमा ट्याक्टरले पसलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ट्याक्टर अनियन्त्रित भएर किराना पसलमा ठक्कर दिएको छ ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा सम्सी गाउँपालिका २ पर्सा स्थित सम्सी-गौशाला सडक खण्डमा स १ त ५२९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडको साईडमा रहेको ( गुम्ती ) किराना पसलमा ठक्कर दिँदा स्थानीय ७५ वर्षीय ईन्द्रेस मोहिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पसलमा ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोहिम र ४५ वर्षीय शेष आलमलाई तत्काल जानकी एकेडेमी पर्सा रामगोपालपुरमा उपचारको लागि लगेकोमा उपचारको क्रममा मोहिमको मृत्यु भएको हो ।

आलमको शरिरको बिभिन्न भागमा चोटलागेको छ भने अबस्था मध्यम रहेको छ । यता, ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here