जनकपुरधाम ०७ असार ।। धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौंको समान बरामद गरेको छ । आइतबार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय सवैलाबाट गस्तिमा खटेको प्रहरी टोलीले अढाई लाख बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले सवैला नगरपालिका १० खरिहानीमा भारतबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी, खाने तेल, राजनिवास, कुरकुरे लगायतका २ लाख ५० हजार बराबरको किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here