रौतहट ०६ असार ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाकाे आठौं तथा दोश्रो कार्यकालकाे प्रथम नगर-सभा सभ्य एवम् भव्य रुपमा संपन्न भएको छ । जिल्लाकाे १८ स्थानीय तह मध्ये राजदेवी नगरपालिकाले सबै भन्दा चाडै बजेट ल्याएको छ । साेमबार राजदेवी नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । मुडवलवा स्थित राजदेवी माताकाे मन्दिर प्रांगणमा सम्पन्न भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव रह्नु भएको थियाे । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे ।

जनमुखी स्थानीय सरकार विकास र समृद्धिकाे आधार भन्ने नाराका साथ राजदेवी नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । हरेक वर्ष असार १० गते सम्म बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । त्यसकाे अगावै आज असार ०६ गते नै राजदेवी नगरपालिकाले बजेट सार्वजनिक गरेको हाे । धेरै उत्साहका साथ सम्पन्न भएकाे आठौं नगरसभा बाट राजदेवी नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्ने ३९ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे । नगरकाे चौतर्फि विकासकाे लागि यसै चालु आर्थिक वर्ष २०७९/८० का लागि ३९ करोड १६ लाख ८ हजार रुपैयाँकाे बजेट पारित गरिएकाे नगरप्रमुख भिखारी राय यादवले जानकारी गराउनु भयाे । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको नगरप्रमुख यादवले बताए ।

नगरपालिका नगरकाे हरेक घर एवं व्यक्तिहरूकाे विकासकाे अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरू सिपमुलक तालिमकाे प्रवन्ध मिलाई आत्मनिर्भर बनाउने,राजदेवी मन्दिर आसपासकाे स्थानलाई सौन्दर्यकरण कार्यकाे विशेष प्राथमिकताका साथ राखिएकाे छ,प्रसिद्ध राजदेवी मन्दिर आसपासका लागि पर्यटकीय क्षेत्रकाे रुपमा अगाडी बढाउने नगर प्रमुख यादवले बताए ।

साे नगरपालिकाकाे वितिय समानीकरण अनुदान १२ कराेड २० लाख,सशर्त अनुदान पुँजिगत २ कराेड ५२ लाख, समपूरक अनुदान ७० लाख , विशेष अनुदान २ कराेड,राजस्व बाँडफाँड ८ कराेड २० लाख ९२ हजार , सशर्त अनुदान चालू १९ कराेड ६१ लाख गरि कुल आय ३७ कराेड ३ लाख बिनियाेजन गरिएको छ ।

नगरसभामा उपमेयर राजकुमारी साह,प्रमुख प्रशासकिय अधिकृत सुबाेध साह ,राष्ट्रिय भूमि आयाेगका राैतहट अध्यक्ष लक्ष्मण रेग्मी,सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित सुरक्षकर्मी,पत्रकारहरूकाे उपस्थिती रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here