रौतहट १२ जेठ ।। रौतहट जिल्लाको सरदमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा आज मधेश प्रदेशका मुख्यमन्त्री मा.सरोज कुमार यादब द्वारा उद्धाटन गरिएको छ । आज एक कार्यक्रमबिच आज प्रादेशिक अस्पताल गौरमा आईसीयूको उद्धघाटन गर्नु भएको छ । कार्यक्रममा मुख्यमन्त्री यादवले मन्तव्य राख्दै यो अस्पतालको आवश्यक परेको हरेक सेवा सुविधा उपलब्ध गराउने र आर्थिक वर्ष २०८०/०८१ मा डाक्टरहरु बस्ने अवास भवनको लागी बजेट झुटयाउन र ५० बेड रहेको यो अस्पताल लाई १०० बेड सम्म पुर्याउने बाचा गरेका छन् । साथै जिल्लाको शोभाको रुपमा रहेको गौर राइस मिल्स जग्गालाई अधिग्रहण गर्न १५००००० रुपैया बजेट विनियोजन गरिने समेत वाचा गरे ।
सोही कार्यक्रममा स्थानी गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले अस्पताल संचालनमा जनशक्तिका कमी रहेका लाई पुर्ती गर्न ६ जना कर्मचारीहरु पनि नगरपालिकाबाट सहयोग हुदै आइरहेको जानकारी गराउनु भयो । साथै अब संचालन हुनेमा कुनै किसिमको समस्यालाई नगरपालिकाबाट सहयोग गरी तुरुन्त सामधान गर्ने वाचा समेत गर्नु भयो ।
सोही कार्यक्रममा पुर्व नगर प्रमुख अजय गुप्ताले रौतहट जिल्लाको मुटुको रुपमा रहेको गौर राइस मिल्स जग्गालाई अधिग्रहण होस भने जोड दिदै अहिलेको प्रवेशमा विधुत प्राधिकरण गौर वितरण केन्द्रले विधुत चुहावट गर्ने बाहानामा गलत व्यवहार गरिरहेको बताए । प्राधिकरणको रवैया लाई सुधारन आवश्यक रहेको बताए ।
प्रदेशको दोस्रो नम्वरमा रहेको यो प्रादेर्शीक अस्पताल गौरलाई भविष्यमा प्रथम स्थान होस भने शुभकामना तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी लागायत सबै स्वास्थ्यकर्मी,अस्पताल प्रशासन ,सहयोगी हाथ,पालिकाहरुलाई बधाई ज्ञापन गर्नु भयो ।
व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीको अध्यक्षता सम्पन्न भएको सो समउद्धघाटन कार्यक्रममा गौर नगरपलिकाका नगर प्रमुख शाम्भु साह,पूर्व राज्यमन्त्री योगेनद्र राय यादब,पूर्व प्रदेश सासंद रामकिशोर राय यादब,जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र मिश्रा, नेपाल प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख,नेपाल सेना प्रमुख, जसपाका नेता बिश्वनाथ पटेल,जसपा नगर अध्यक्ष अमरुल हक,जिल्ला अध्यक्ष श्यामबिहारी राय यादब,पूर्व मेयर अजय गुप्ता लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती थियो ।