रौतहट १८ फागुन ।। आज रौतहट जिल्लाको कटहरिया नगरपालिकामा एक वृद्ध व्यक्तिको करेन्ट लागेरमृत्यु भएको छ । कटहरिया नगरपालिका २ हंथियाही गाउँमा रहेको आफ्नै मकैबारीमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय निवासी ६२ वर्षीय हरिनारायण राउत बराई को मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ७:३० बजेतिर मकैबारीमा पानी पठाउने बेलामा नाङ्गो तारको सम्पर्कमा आउदा बराईको घटनास्थलमै मृत्यु भएको स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवले जानकारी दिए ।

मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बराईले मोटरमा लपेटिएको तार देब्रे हातले सिधा पार्न खोज्ने क्रममा तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेको असई यादवले जनाए ।

पोष्टमार्टमका लागि मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here