महोत्तरी ०७ असार ।। सुनको बिस्कुट सहित महोत्तरीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको एकडारा गाउँपालिका ५ का ३५ वर्षीय शुशिल साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

औरही नगरपालिका ४ कठुधार स्थित सम्सी माईस्थान सडक खण्डबाट विशेष सुचनाको आधारमा जिल्ला प्रहरीको टोलीले सम्सीबाट गौशाला तर्फ पैदल आइरहेका साहको साथबाट ११६.५० ग्रामको सुनको बिस्कुट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले बरामद गरेको सुनको बिस्कुटको मूल्य ९ लाख ७८ हजार ८२४ रुपैयाँ रहेको छ । आवश्यक कारवाहीका लागि सुन सहित व्यक्तिलाई राजश्वज अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here