रौतहट ०७ फागुन ।। रौतहट जिल्लाको गौरमा झुन्डिएर एक महिलाले आत्मा हत्या गरेकी छिन । दिनानुदिन युवा पिढीमा बढ्दै गएको आत्मा हत्या क्रममा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न.११ भरतपुर घर भएकी संजु कुमारी महतो रौतहटको गौरमा झुन्डिएर आत्मा हत्या गरेकी छिन । गौर नर्सिङ क्याम्प फार्मेसी संकायमा अध्ययनरत रहेकी महतोले गौर नपा वडा नं.५ गौरी शंकर यादव रौतहट क्याम्पसको पश्चिमपट्टि छेउमा एक घर भाडामा लिएर बस्दै आएका थिईन ।

शिक्षा अध्ययन गर्न भाडामा बस्दै आएकी उनी गएराती झुन्डिएर आत्माहत्या गरेकी हुन् । आज बिहानै महतो आत्महत्या गरि झुन्डिएको अवस्थामा आफ्नै कोठा भित्र रहेको पयिएको छ । झुन्डिएको ठिक सामुने बेडमा मोबाइल राखेको फेला परेको आधारमा मोबाइलमा भिडियो कलमा कुरा गर्दै आत्महत्या गरेको हुन सक्ने स्थानीयहरुले संका गरेका छन् । थप विवरण आउन बाँकी रहेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here