पर्सा ०७ फाल्गुन ।। पर्सा जिल्लाको उप महानगरपालिका बीरगंजको राधेमाई मन्दिरमा हिन्दू परिषद नेपाल द्वारा युवा भेला एवं अन्तर्क्रिया कार्यक्रम सम्पन गरेको छ । भेलाले सोनू कुशवाहाको नेतृत्वमा १७ सदस्यीय बड़ा कमिटी गठन गरेको छ । कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,केन्द्रीय सदस्यहरु सुरेश साह कानू, अधिवक्ता बिनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,हिन्दूवादी युवा अभियन्ता अखलेश्वर दुबेदी लगायतले नवगठित बड़ा कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि रहेका हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको माहोल बनी सक्यो अब तपाई हामी आ-आफ्नो तर्फ बाट नेतृत्वदायीं भूमिमा निर्वाह गर्ने बेला आएको बताए । सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल । आज सामाजिक र धार्मिक कार्य गरी लाखौ नेपाली लाई हिन्दू परिषद नेपालले जोड़ने कार्य गरेको छ पटेल भने । परिषद कुनै राजनीतिक दलको भातृ संगठन होइन,न कुनै राष्ट्र बाट संचालित छ, यो केवल रास्ट्रवादी र सनातन धर्मप्रेमी नेपालीहरुको साझा संगठन हो ।

नवगठित बड़ा न १३ को अध्यक्षमा सोनू कुशवाहा, उपाध्यक्ष अंकेश पाण्डे, सचिव प्रीतम गुप्ता,कोषाध्यक्ष राज सरार्फ,सह-सचिव नमित कुशवाहा, कार्य समिति सदस्यहरुमा अजित चौरसिया, दीपक राउत,राजन गिरी,संदीप महतो,बिशेष साह,सोनू पटेल,सुशील पटेल,बिकी सरार्फ,आयुष वर्णवाल र सल्लहकार हरुमा लवकुश सिंह,अजय सिंह रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here